images
images
  • पाकिस्तानमा झडप, १२ जनाको मृत्यु

    काठमाडौं– पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा भएको झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बिहीबार बताएका छन् ।

    आतङ्कवादीहरूले विस्फोटक उपकरण सैनिकहरूको समुह नजिकै विस्फोट गरे पछि उनीहरुसँग झडप भएको अधिकारीहरुले बताएका छन् ।

    एक वरिष्ठ अधिकारीलाइ उदृत गर्दै एएफपिले झडपमा पाँच जना सैनिकहरु मारिएको र अर्का एक जना सैनिक गम्भीर घाइते भएको बताएको छ ।

    अपरेशनको क्रममा, आतङ्ककारीहरूको एउटा समूह फेला परे पछि सेनाद्वारा आक्रमण गरिएको जनाइएको छ ।

    गोली हानाहानका क्रममा सात जना आतङ्कवादी मारिएको सेनाको मिडिया शाखाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    विज्ञप्तिमा प्रान्तको सबै भन्दा सक्रिय तथा उग्र पृथकतावादी समूह बलूच लिबरेसन आर्मी (बिएलए)ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ ।

    संयुक्त राज्य अमेरिकाले आतङ्कवादी सङ्गठन घोषणा गरेको उक्त समूहले आक्रमण र आत्मघाती बम विस्फोट गर्दा सैन्य प्रतिष्ठानहरू साथै प्रहरी र नागरिक प्रशासनका अधिकारीहरूलाई लक्षित गरेको बताएको छ ।

    हालैका वर्षहरूमा बीएलएले यस क्षेत्रमा काम गर्ने अन्य प्रान्तका पाकिस्तानीहरू साथै विदेशी ऊर्जा कम्पनीहरू माथि आक्रमण बढाएको जनाइएको छ ।

    गत वर्ष यो समुहले ४५० जना यात्रु बोकेको रेलमा आक्रमण गरे पछि उनीहरुविरुद्धको अपरेसन सुरु भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images