काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङ पिङबीच बिहीबार हुने उच्चस्तरीय भेटवार्तालाई विश्व राजनीतिमा निकै महत्वपूर्ण रूपमा हेरिएको छ ।
विश्वका दुई शक्तिशाली राष्ट्रका नेताबीच हुन लागेको यो छलफलले व्यापार, सुरक्षा, प्रविधि र कूटनीतिमा दूरगामी प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
बेइजिङमा हुने वार्तामा विशेषगरी अमेरिका–चीनबीचको व्यापारिक विवाद मुख्य विषय बन्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले चिनियाँ सामानमाथि भन्सार शुल्क बढाउँदै आएको छ भने चीनले पनि त्यसको प्रतिकारमा विभिन्न कदम चालिरहेको छ ।
ताइवानको विषय पनि वार्ताको संवेदनशील मुद्दा बन्ने देखिएको छ । अमेरिकाले ताइवानलाई सैन्य सहायता र हतियार उपलब्ध गराउँदै आएको छ भने चीनले त्यसको निरन्तर विरोध गर्दै आएको छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न भू–भाग दाबी गर्दै आएको छ ।
यसैगरी, उच्च प्रविधि, कृत्रिम बुद्धिमत्ता, अर्धचालक उपकरण तथा दुर्लभ खनिज पदार्थलाई लिएर दुई देशबीच प्रतिस्पर्धा चर्किंदै गएको छ ।
विद्युतीय सवारीसाधन र रक्षा उद्योगका लागि आवश्यक दुर्लभ खनिज पदार्थमा चीनको प्रभाव बलियो मानिन्छ ।
अमेरिकाले चीनमाथिको आर्थिक तथा प्रविधिगत निर्भरता घटाउने नीति अघि बढाइरहेको छ भने चीनले अमेरिकी प्रविधि प्रतिबन्ध खुकुलो बनाउन दबाब दिने तयारी गरेको बताइएको छ ।
यसका साथै उनीहरूको भेटले इरान–अमेरिका र रूस–युक्रेन युद्ध रोकिने सम्भावना रहेको छ ।


विश्व खबर 




















