images
images
  • संसद्को रेकर्डबाट हटाइयो बादलका यी शब्द (शब्दसहित)

    काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभामा प्रयोग गरेका केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएका छन् ।

    सभामुख डोलप्रसाद अर्यालले ती शब्द असंसदीय भएको ठहर गर्दै संसद् सचिवालयलाई अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

    सभामुख अर्यालका अनुसार ‘अराजकहरूको भिड,’ ‘राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मुकदर्शक’ भन्ने अभिव्यक्ति अभिलेखबाट हटाइएको हो ।

    सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै बादलले राष्ट्रिय स्वतन्त्र पार्टी, जेनजी आन्दोलन र नेपाली सेनाको भूमिकाबारे कडा टिप्पणी गरेका थिए ।

    उनले ‘देश खरानी हुँदा नेपाली सेना किन मूकदर्शक बन्यो ?’ भन्दै प्रश्नसमेत उठाएका थिए ।

    बादलको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

    त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली–२०७९ को नियम २१ (घ) अनुसार ती शब्द हटाउने निर्णय गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images