images
images
  • प्रधानमन्त्री बालेनले संसद् लत्याउँदै, प्रायः बैठकमा अनुपस्थित, विपक्षीको आपत्ति

    काठमाडौं– संविधानले अपेक्षा गरेको संसदप्रतिको जबाफदेहिता पालना नगरेको भन्दै प्रधानमन्त्री बालेन शाह आलोचनामा परेका छन् ।

    सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने निर्णयपछि संसदीय इतिहासमै यो असामान्य घटना भएको टिप्पणी गरिएको छ ।

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने जानकारी दिइएको छ ।

    संसदीय अभ्यासअनुसार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिने परम्परा भए पनि यसपालि त्यसो नहुँदा संसदप्रति प्रधानमन्त्रीको उत्तरदायित्वबारे प्रश्न उठेको छ ।

    पूर्वसंसदीय अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको यस्तो अनुपस्थिति संसदीय मर्यादा विपरीत मानिन्छ ।

    प्रधानमन्त्री शाहले यसअघि पनि संसदमा सीमित सहभागिता जनाएको भन्दै आलोचना हुँदै आएको छ ।

    विपक्षी दलहरूले उनलाई सदनमा उपस्थित गराई जवाफ दिन सभामुखलाई रूलिङ गर्न माग गरेका छन् ।

    संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति सामूहिक रूपमा उत्तरदायी हुने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images