images
images
  • यती एअरलाईन्स आईपीओ तयारीमा, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक

    काठमाडौँ-यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रियाका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एअरलाईन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन प्रणाली तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरदेखि दुर्गम क्षेत्रसम्म नियमित उडान सञ्चालन गर्दै आएको छ । कम्पनीले नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    उक्त धितोपत्र निष्काशनसम्बन्धी सम्झौतापत्रमा यती एअरलाईन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images