काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनायो ।
जर्ज मुन्सीले सर्वाधिक ७७ रन बनाए भने माइकल फिन्ले म्याकक्रेथले ३५ रन, इङ्लिसलले अविजित ३४ रन, माइकल लिस्कले २९ रन, मार्क वाटले २४ रन र म्याथ्यु क्रसले १८ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १ मेडेनसहित ४१ रन दिएर ४ विकेट लिए ।
करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















