काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आजदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
स्कटल्यान्डका कप्तानले टस जितेर ब्याटिङ रोजेका हुन् ।
नेपालले लिग–टु अन्तर्गत ओमानविरुद्ध खेलेको अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, भीम सार्की, इशान पाण्डे र सोमपाल कामी छैनन् ।
ओपनिङमा आसिफ शेख र विनोद भण्डारी रहेका छन् भने अर्जुन कुमाल वानडाउन र कप्तान रोहित पौडेल टु–डाउनमा ब्याटिङ गर्नेछन् ।