काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सहभागी त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य घटाएको छ ।
क्यानले नेपालका खेलका लागि टिकट मूल्य रु २०० र अन्य खेलका लागि रु १०० तोकेको छ ।
यसअघि ओमान र यूएईसँगको शृंखलामा महँगो टिकटका कारण दर्शक कम आएका थिए, जसपछि मूल्य घटाइएको हो ।
नेपालले मंगलबारदेखि घरेलु मैदानमा शृंखला सुरु गर्दैछ।
पहिलो खेलमा नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।
त्यसपछि नेपालले अमेरिकासँग शनिबार खेल्नेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली पनि घोषणा भइसकेको छ ।
टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी लगायत खेलाडी समावेश छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















