images
images
  • वल्र्डलिंकको सहकार्यमा मेटाले नेपालमा ५ अर्ब लगानी गर्नेे गोप्य सम्झौता

    काठमाडौं-विश्वप्रसिद्ध सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्स इन्कले नेपालमा डेटा सेन्टर स्थापना गर्न करिब ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा यो परियोजना अघि बढाइएको स्रोतहरूले जनाएका छन्।

    मेटा र वर्ल्डलिंकबीच केही महिनाअघि नै नन–डिस्क्लोजर एग्रिमेन्ट सम्पन्न भइसकेको छ। त्यसपछि दुवै पक्षबीच लगानी साझेदारीसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा समेत हस्ताक्षर भएको बताइएको छ।तर दुवै कम्पनीले लगानी र परियोजनाको विस्तृत विवरण आगामी साउन महिनामा मात्रै सार्वजनिक गर्ने तयारी गरेको स्रोतहरूको दाबी छ।

    समझदारीअनुसार नेपालमा उच्च क्षमताको डेटा सेन्टर निर्माण गरिनेछ। यस्तो डेटा सेन्टरमा प्रणाली बन्द नगरी मर्मत गर्न सकिने, उच्च विश्वसनीयता रहने र २४ घण्टा निरन्तर सेवा उपलब्ध हुने विशेषता हुन्छ।यो स्तरको पूर्वाधार आधुनिक डिजिटल सेवा, क्लाउड कम्प्युटिङ र एआई प्रणालीका लागि अत्यावश्यक मानिन्छ।

    विशेषगरी बैंकिङ एप, फिनटेक सेवा, ई–कमर्स प्लेटफर्म, स्वास्थ्य रेकर्ड प्रणाली तथा उच्च ट्राफिक हुने डिजिटल सेवाहरूले यस्तो डेटा सेन्टर प्रयोग गर्छन्।अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफम्र्स इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप, थ्रेड्स र मानुसको मातृक कम्पनी हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता छन्।

    यस परियोजनामा वर्ल्डलिंक कम्युनिकेसन्सले स्थानीय साझेदारको भूमिका निर्वाह गर्नेछ। वर्ल्डलिंकले काठमाडौंको मातातीर्थमा पहिले नै डेटा सेन्टर सञ्चालन गरिरहेको छ र सोही पूर्वाधार विस्तार गर्ने सम्भावना रहेको बताइएको छ।नेपालकै सबैभन्दा ठूलो निजी इन्टरनेट सेवा प्रदायकमध्ये एक वर्ल्डलिंकले यस सहकार्यमार्फत डेटा पूर्वाधार क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्ने देखिन्छ।

    उच्च क्षमताको डेटा प्रोसेसिङ र स्टोरेज,क्लाउड र एआई सेवाको विस्तार, क्षेत्रीय इन्टरनेट ट्राफिक व्यवस्थापन,डिजिटल सेवा विश्वसनीयता वृद्धि मेटाको यो सम्भावित लगानी केवल डेटा भण्डारण मात्र नभई क्षेत्रीय डिजिटल पूर्वाधार विस्तारसँग पनि सम्बन्धित रहेको विश्लेषण गरिएको छ।सम्भावित रूपमा यसले नेपाललाई दक्षिण एशियामा डिजिटल पूर्वाधारको महत्वपूर्ण नोडका रूपमा विकास गर्ने अवसर प्रदान गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।

    हालसम्म मेटा वा वर्ल्डलिंक दुवै कम्पनीले यस विषयमा आधिकारिक घोषणा गरेका छैनन्। परियोजना प्रारम्भिक चरणमै रहेको र प्राविधिक तथा लगानी संरचना अन्तिम रूप दिइँदै गरेको बताइएको छ। मेटाको सम्भावित ५ अर्ब रुपैयाँ लगानी र वर्ल्डलिंकसँगको सहकार्य नेपालका लागि डिजिटल पूर्वाधार विकासको महत्वपूर्ण कदम हुन सक्ने देखिन्छ। यदि यो परियोजना कार्यान्वयनमा गयो भने नेपाल उच्चस्तरीय डेटा सेन्टर पूर्वाधार भएका देशहरूको सूचीमा प्रवेश गर्ने सम्भावना बढ्नेछ।

    विश्व अर्थतन्त्रमा राम्रो योगदान दिने विश्वका ‘टप–६ बिग टेक’ मध्ये मेटा एउटा हो। वल्र्डलिंकको काठमाडौं, मातातीर्थमा पहिलेदेखि नै आफ्नै डेटा सेन्टर सञ्चालनमा छ। सोही पूर्वाधार उपयोग र विस्तार गर्ने गरी मेटा नेपाल आउन लागेको हो।

    मेटा र वल्र्डलिंकले केही महिनाअघि ’नन डिस्क्लोजर एग्रिमेन्ट’ (एनडीए) गरिसकेका छन्। एनडीएको अर्थ गोपनीयता सम्झौता भन्ने हो। यसमा संलग्न पक्षहरूले एकअर्काबाट प्राप्त सम्वेदनशील वा गोप्य जानकारी बाहिर नल्याउने बुँदाहरु उल्लेख हुन्छन्। वल्र्डलिंक र मेटाबीच यस्तो सम्झौता पहिलै भइसकेको हो।

    अहिले उनीहरुले एक चरण अघि बढेर लगानी साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। तर, दुवै कम्पनीले आगामी साउन महिनामा मात्रै लगानी सम्बन्धी विवरण सार्वजनिक गर्ने सहमति गरेको विश्वस्त स्रोतहरूले नेपालखबरलाई बताए। पछिल्लो समझदारी अनुसार मेटाले नेपालमा टायर–थ्री स्तरको डेटा सेन्टर बनाउँदैछ। टायर–थ्री डेटा सेन्टर भनेको सिस्टम बन्द नगरिकनै मर्मत गर्न मिल्ने, उच्च भरपर्दो स्तरको पूर्वाधार हो।

    यो तहको डिजिटल पूर्वाधार आधुनिक डिजिटल सेवा र एआई कम्पनीहरूका लागि अत्यावश्यक हुन्छ। बैंक, बैंकिङ एप तथा फिन टेक कम्पनीहरुले उपयोग गर्ने यस्तो डेटा सेन्टर स्वास्थ्य सेवाको डिजिटल रेकर्ड, २४ घण्टै सेवा उपलब्ध हुनुपर्ने बिरामीका डेटा व्यवस्थापन तथा अस्पतालका लागि नभइ हुँदैन। यो बाहेक क्लाउड, होस्टिङ सेवालाई पनि यो जरुरी पर्छ।

    इकमर्स तथा उच्च ट्राफिक हुने अनलाइन कम्पनीहरूले पनि टायर–थ्री डेटा सेन्टर नै उपयोग गर्छन्। नेपालमा डेटा सेन्टर सञ्चालको लागि मेटाले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्ने समझदारी गरेको छ। यो परियोजनामा नेपालको स्थानीय प्रतिनिधिको रुपमा वल्र्डलिंक रहनेछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images