काठमाडौं । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का १९ जना सदस्य पदमुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै उपाध्यक्ष ध्रुव आचार्यसहित नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठलगायत सदस्यहरू पदमुक्त भएको जनाएको हो।
सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछि देशभर १ हजार ५९४ पदाधिकारीसँगै राखेपका पदाधिकारी पनि बाहिरिएका हुन्। यससँगै राखेपको कार्यकारी बोर्डमा बहुमत सदस्य पदमुक्त हुँदा हाल तीन सदस्य मात्र बाँकी रहेका छन्।
कार्यकारी समिति अपूर्ण बनेपछि निर्णय प्रक्रियामा समस्या देखिने भएको छ। मन्त्रालयका अनुसार नयाँ नियुक्ति नभएसम्म वरिष्ठ कर्मचारीले कायममुकायम रूपमा काम अघि बढाउनेछन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















