काठमाडौं– आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो १४औं ओडीआई अर्धशतक पूरा गरेका छन् ।
६६ बल खेलेका उनले ५ चौका र १ छक्कासहित अर्धशतक बनाए। ओपनिङमा आएका विनोद भण्डारी भने पहिलो बलमै आउट भए ।
त्यसपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै इनिङ्स सम्हाले ।
ओडीआईमा आसिफ नेपालका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् भने रोहित पौडेल शीर्ष स्थानमा छन् ।
बेन्चमा बसेको अघिल्लो खेलपछि टोलीमा फर्कँदै उनले पुनः प्रभावशाली प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















