images
images
  • आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध यूएईको शानदार जित

    काठमाडौं -यूएईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध ५४ रनले पराजित गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३०९ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा २५४ रनमा अलआउट भयो। ओमानका जितेन रामान्दीले अविजित ९१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

    यसअघि ब्याटिङ गरेको यूएईले ४७ ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो। यूएईका हप्रित सिंह भाटिया (७७), मोहम्मद शहदाद (७४) र आदिब उसमानी (७२) ले उत्कृष्ट प्रदर्शन गरे।

    बलिङतर्फ यूएईका जुनैद सिद्दिकीले ६ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images