काठमाडौं– चार खेलाडीको अर्धशतकको मद्दतमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध ३०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाउँदै ३०८ रन बनायो।
यूएईका लागि हप्रित सिंह भाटियाले ७७, मोहम्मद शहदादले ७४, आदिब उसमानीले ७२ र आर्यन्स शर्माले ५० रन बनाए। उसमानी र शर्माबीच पहिलो विकेटका लागि १११ रन तथा भाटिया–उसमानीबीच दोस्रो विकेटका लागि १२३ रनको साझेदारी भयो।
ओमानका मोहम्मद इम्रानले ३ विकेट लिए भने नदिम खानले २ विकेट हात पारे।
यसअघि भएको भेटमा यूएई २५ रनले विजयी भएको थियो। यूएई सातौँ जितको खोजीमा रहँदा ओमान १५औँ जितका लागि मैदानमा उत्रिएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















