images
images
  • मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो, सवारी आवागमन अवरुद्ध

    काठमाडाैं- नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन अवरुद्ध भएकाे छ ।

    सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो ।

    बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ ।

    डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images