images
images
  • वर्षाले रोकियो नेपाल र यूएईबीचको प्रतिस्पर्धा, अब कतिबेला हुन्छ सुरु ? (भिडिओसहित)

    काठमाडौं– नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिएको छ ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो ।

    नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे ।

    दीपेन्द्रले ९४ बलमा सय रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे ।

    करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए ।

    उनले ७९ रनमा ५६ रनको योगदान दिए ।

    गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए ।

    सोमपाल कार्मी ० रनमा अविजित रहे ।

    बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एकएक विकेट लिए ।

    जवाफ ब्याटिङमा आएको यूएईले ४ ओभर १ बलको खेल खेल्दा पानी परेपछि खेल रोकिएको हो ।

    यूएईले १ विकेट गुमाएर ३६ रन बनाएको छ ।

    यूएईको १ विकेट नेपालका नन्दन यादवले लिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images