images
images
  • आइसिसी विश्वकप लिग–२ : ऐरिको शतकमा नेपालले युएईलाई दियो २९० रनको चुनौती

    काठमाडौं– दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९ रनको चुनौती दिएको छ ।

    र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे ।

    उनी अन्तिम बलमा रनआउट भए ।

    मध्यक्रमका ब्याटर गुल्शन झाले ३८ बलमा ४४ रन जोडे ।

    ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए ।

    अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

    आरिफ शेखले ११ रन थपे ।

    नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।

    युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई–दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक–एक विकेट हात पारे ।

    युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images