images
images
  • दीपेन्द्रको लगातार तेस्रो अर्धशतक

    काठमाडौ– उत्कृष्ट लयमा रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लिग–२ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र यूएई राष्ट्रिय क्रिकेट टोली बीचको खेलमा फेरि अर्धशतक प्रहार गरेका छन् ।

    यसअघि यूएईविरुद्ध ७५ र ओमानविरुद्ध ६० रन बनाएका उनले लगातार तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन दोहोर्‍याए ।

    ९६ रनमा कप्तान रोहित पौडेल आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले ५२ बलमै अर्धशतक पूरा गर्दै नेपालको इनिङ सम्हाले ।

    समाचार तयार पार्दासम्म नेपालले ५ विकेट गुमाएर १८७ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images