काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जित्दै नेपालले ब्याटिङ रोजेको हो ।
जारी त्रिकोणात्मक सिरिजमा नेपाल र यूएईबीच यो दोस्रो भेट हो ।
यसअघि भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।
सिरिजको अर्को खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।
आठ टोली सहभागी लिग–२ को अंकतालिकामा नेपाल र यूएई दुवै पुछारतिर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















