images
images
  • विश्वकप लिग–२ : जारी शृंखलामा नेपालविरुद्ध शतक प्रहार

    काठमाडौं– ओमानका ओपनर तथा कप्तान जतिन्दर सिंहले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा नेपालविरुद्ध शतक प्रहार गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको ओमानका जतिन्दरले ७३ बलमा शतक पूरा गरेका हुन् । उनले १३ चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा जतिन्दरको यो पाँचौँ शतक हो ।

    अहिले जतिन्दरलाई हमाद मिर्जाले २८ रन बनाएर साथ दिइरहेका छन् । पहिलो विकेटका लागि जतिन्दर र आशिष ओदेडाराले ८० रनको साझेदारी गरेका थिए । ओदेडारा २३ रन बनाएर पभेलियन फर्किए ।

    नेपाल शृंखलामा लागातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । लिगमा २१ खेल खेलेको नेपाल १४ अंकका साथ सातौँ स्थानमा छ ।

    ओमान पनि शृंखलामा पहिलो जितको दाउमा छ । पहिलो खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । लिगमा २५ खेल खेलेको ओमान २९ अंकका साथ तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images