images
images
  • फुलहाममाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

    काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ ।

    सोमबार म्यानचेस्टरलाई घरेलु मैदान ओल्ड ट्राफर्डमा जित दिलाउन कासेमिरो र बेन सेस्कोले समान एक गोल गरे । ब्रेन्टफोर्डका म्याथियाज जेन्सेनले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

    ११औँ मिनेटमा कासेमिरोले म्यानचेस्टरलाई अग्रता दिलाए । ४३औँ मिनेटमा सेस्कोले अग्रतालाई दोब्बर बनाए । ८७औँ मिनेटमा टोलीका जेनसेनले गोल गर्दै ब्रेन्टफोर्डलाई १–२ को स्थितिमा फर्काएका थिए ।

    जितसँगै म्यानचेस्टरले प्रिमियर लिगमा ६१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टरले ३४ खेल खेल्दा १७ जित, १० बराबरी र सात हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित ब्रेन्टफोर्ड भने हारसँगै ४८ अंक साथ तालिकाको नवौँ स्थानमा सीमित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images