images
images
  • त्रिवि क्रिकेट रंगशाला तुरुन्त खाली गर्न अल्टिमेटम, के गर्ला क्यान ?

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित आफ्नो जग्गामा रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

    अतिक्रमित जग्गा फिर्ता गर्ने अभियानअन्तर्गत त्रिविले १८ वटा संघ–संस्था र संगठनलाई छुट्टाछुट्टै पत्राचार गरेको हो ।

    त्रिविको सामान्य प्रशासन महाशाखाका अनुसार नेपाल क्रिकेट संघ (क्यान) लाई पनि पत्र पठाइएको छ ।

    क्यानसँगको सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

    त्रिवि पक्षले यसपटक सम्झौता नवीकरण गर्ने पक्षमा नरहेको जनाएको छ ।

    त्रिवि स्रोतका अनुसार लामो समय खेल गतिविधिका कारण विश्वविद्यालयका शैक्षिक तथा अनुसन्धान कार्य प्रभावित भएको भन्दै मैदान खाली गर्न आग्रह गरिएको हो ।

    यता, क्यानले भने हालसम्म औपचारिक पत्र नपाएको जनाएको छ ।

    क्यान बोर्डले भने त्रिविसँग सम्झौता नवीकरण गर्न सरकारमार्फत पहल गर्ने निर्णय गरिसकेको छ ।

    सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा विकास गर्ने गुरुयोजना स्वीकृत गरिसकेको छ ।

    जसको लागत करिब १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

    तर, त्रिविको पछिल्लो निर्णयपछि परियोजना अन्योलमा परेको छ ।

    त्रिवि जग्गा खोजबिन समितिक प्रतिवेदन अनुसार कीर्तिपुर क्षेत्रमा करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको उल्लेख छ। सो प्रतिवेदन कार्यान्वयन गर्दै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको त्रिविले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images