images
images
  • एन्फा पदाधिकारीहरूको पासपोर्ट रोक्का भयो किन ?

    काठमाडौं– आर्थिक अनियमितताको आशंकामा छानबिन अघि बढेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसपछि अध्यागमन विभागले सबै पदाधिकारीको पासपोर्ट रोक्का गरेको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

    राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा उक्त समिति गठन गरिएको राखेप सदस्य–सचिव रामचरित्र मेहताले बताए ।

    छानबिन प्रक्रियाका क्रममा एन्फा पदाधिकारीको विदेश यात्रा रोक्न राखेपले मन्त्रालयमार्फत पासपोर्ट रोक्काको सिफारिस गरेको थियो ।

    सोही अनुसार गृह मन्त्रालय हुँदै अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो ।

    यसअघि अर्ली इलेक्सन विवादका कारण राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरिसकेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images