images
images
  • बंगलादेशलाई ३८–३६ ले हराउँदै समूह ‘बी’को शीर्ष स्थान सुरक्षित नेपाल

    काठमाडौं– चीनको सान्या शहरमा जारी एशियनबीच कबड्डी प्रतियोगितामा नेपालले बंगलादेशलाई ३८–३६ ले हराउँदै समूह ‘बी’को शीर्ष स्थान सुरक्षित गरेको छ ।

    तीनै खेल जित्दै ६ अंकसहित नेपाल समूह विजेता बनेको हो ।

    बंगलादेश ४ अंकसहित दोस्रो र थाइल्याण्ड २ अंकसहित तेस्रो स्थानमा छन् ।

    अब नेपालले समूह ‘ए’को उपविजेता श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

    समूह ‘ए’को विजेता भारत बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images