images
images
  • सम्झनाको उत्कृष्ट प्रदर्शनमा रुवान्डाविरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं– आईसीसी महिला च्यालेन्ज ट्रफीमा नेपालले रुवान्डालाई दुई विकेटले पराजित गरेको छ।

    ८९ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा आठ विकेट गुमाएर जित निकालेको हो।

    सम्झना खड्काले ४८ रन बनाउँदा पूजा महतोले १३ र विन्दु रावलले १० रन जोडिन्।

    यसअघि रुवान्डा ८८ रनमा समेटिएको थियो। नेपालका रुविना क्षेत्रीले तीन विकेट लिइन्।

    यो जितसँगै नेपालले तीन खेलमा दुई जितसहित चार अंक जोडेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images