images
images
  • नेपाल ‘ए’लाई ओमानले दियो २८१ रनको लक्ष्य

    काठमाडौं– ओमानले नेपाल ‘ए’लाई जितका लागि २८१ रनको लक्ष्य दिएको छ ।

    नेपाल ‘ए’, अमेरिका र स्कटल्यान्ड सम्मिलित एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा ओमानले नेपाल ‘ए’लाई उक्त लक्ष्य दिएको हो ।

    मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन जोडेको हो ।

    ओमानको लागि मुजिबर अलीले ७२ रनको अर्धशतकीय पारी खेले ।

    अलीले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

    ओपनर जतिन्दर सिंहले ५८ रनको अधर्शकतीय पारी खेले ।

    पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका हसिर दाफेदारले ४६ रन जोडे ।

    ओपनर आसिश ओडेदाराले २७, विनायक शुक्लाले २५ र अविजित रहेका जितेन रमानन्दीले १७ रन बनाए ।

    नेपालका आकाश चन्दले सर्वाधिक ४ विकेट लिए ।

    ९ ओभर बलिङ गरेका आकाशले ३१ रन खर्चिए ।

    सन्तोष यादवले २ विकेट लिँदा साहब आलम, शेर मल्ल र राशिद खानले १–१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images