काठमाडौं- टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा खेल जारी रहँदा पानी परेपछि अवरुद्ध भएको हो ।
त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















