images
images
  • टी-२० आई : दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा, अटाएनन् रोहित पौडेल

    काठमाडौं- आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

    रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

    यस्तै टी-२० आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् ।

    मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए ।

    साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

    यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२० आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ ।

    क्यानले टी-२० आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images