काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
१६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर जित निकालेको थियो।
इमरान शेखले अविजित ४६ रन बनाउँदा बसिर अहमदले ४५, तृत राज दासले ३१ तथा कुशल मल्लले १७ रनको योगदान दिए।
सुदूरपश्चिमका लागि बलिङमा हेमन्त धामीले २ विकेट लिए भने बिकास आग्री, शेर मल्ल र अशोक धामीले समान १–१ विकेट झारे।
यसअघि नारायणी क्रिकेट मैदान, वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा अलआउट हुँदै १६१ रनमै सीमित भएको थियो।
अशोक धामीले ४३ रन बनाए भने किरण ठगुन्नाले ३५, नारायण जोशीले २९ र हेमन्त धामीले १६ रन जोडे।
सुदूरपश्चिमको सुरुवात भने कमजोर रह्यो।
ओपनर अभिषेक पल ९ रनमै आउट हुँदा खडक बोहरा र नरेन भट्टले १–१ रन मात्रै बनाउन सके।
राजु बोहरा र दीपक बोहराले समान ७–७ रन जोडे।
आर्मीका बलरहरू आकाश चन्द र शाहब आलमले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए।
बसिर अहमदले २ तथा कुशल मल्लले १ विकेट लिँदै टोलीलाई जिततर्फ डो¥याए।


विश्व खबर 



















