काठमाडौं– बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ दलका घोषणापत्र र प्रतिबद्धतालाई समेट्दै ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ ।
भदौको ‘जेन–जी’ आन्दोलन र फागुन २१ को निर्वाचनपछि बनेको सरकारले चैत्र १३ मा ल्याएको १०० बुँदे शासकीय सुधार कार्यसूचीको आधारमा यो दस्ताबेज तयार पारिएको हो ।
सरकारले यसलाई आगामी आव २०८३/८४ देखि नीति, कार्यक्रम र बजेटमार्फत कार्यान्वयन गर्ने जनाएको छ, जसको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।
दस्ताबेजमा ५ वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय ३ हजार डलर र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
कृषि, ऊर्जा, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसहित १८ क्षेत्रमा सुधारका कार्यक्रम समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















