images
images
  • एमाले अध्यक्ष ओली आइसियुमा

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ। सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो।

    सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उनलाई अहिले आईसीयूमा निगरानीमा राखिएको र सम्भवतः भोलि वार्डमा सारिने बताइएको छ। चिकित्सकका अनुसार उनी केही दिन अस्पतालमै रहनेछन्।

    शल्यक्रियामा त्रिवि शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली संलग्न थियो। नेफ्रोलोजी विभागका प्रा.डा. दिव्यासिंह शाह र प्रा.डा. महेशराज सिग्देलको नेतृत्वमा शल्यक्रिया गरिएको हो।

    टोलीमा प्रा.डा. पलेश्वा जोशी लाखे, सहप्रा.डा. विष्णुप्रसाद कँडेल र डा. दीपक शर्मा सहभागी थिए भने एनेस्थेसियोलोजी तर्फ डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न थिए।

    आईसीयूमा प्रा.डा. प्रमेशसुन्दर श्रेष्ठ र डा. हेमराज पनेरूले उनको निगरानी गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images