images
images
  • बालेन सरकारको गरिबी दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता

    काठमाडौं– सरकारले आगामी पाँच वर्षभित्र गरिबीको दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ ।

    छैटौँ राजनीतिक दलहरूको घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्धतामा हालको २०.२७ प्रतिशत गरिबीलाई आधा घटाउने लक्ष्य राखिएको हो ।

    प्रतिबद्धतामा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासमार्फत आर्थिक तथा सामाजिक असमानता घटाउँदै गरिबी न्यूनिकरण गरिने उल्लेख छ ।

    त्यसैगरी, आगामी पाँच वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य पनि समावेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images