images
images
  • आर्मीले कोशीलाई १८५ रनले हरायो

    काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि सहज जित निकालेको छ।

    जनकपुरमा आर्मीले कोशीलाई १८५ रनको विशाल अन्तरले हराएको हो।

    ३६३ रनको लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १७७ रनमै अलआउट भयो।

    प्रभात राइले ३८, शिवाश बजगाईंले ३७, सुजन थपलियाले ३०, आशिष मगरले २५ रन जोडे।

    बलिङतर्फ आर्मीका आकाश चन्दले तीन तथा बसिर अहमदले दुई विकेट लिँदा पवन कार्की, नरेन साउद र शाहब आलमले एक–एक विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर ३६२ रन जोड्यो। कप्तान विनोद भण्डारीले १८९ रनको शतकीय पारी खेले।

    १५० बल खेलेका उनले २१ चौका र ५ छक्का हिर्काए। पिएम कपमा उनले दोस्रो सर्वाधिक रनको कीर्तिमान बनाए।

    आजै एपीएफका आसिफ शेखले मधेश प्रदेशविरुद्ध २०८ रन बनाउँदै दोहोरो शतक प्रहार गरेका थिए।

    यस्तै, भीम सार्कीले ८०, तृत राज दासले ३३ तथा जितेन्द्र ठाकुरले ३१ रन जोडे।

    बलिङतर्फ कोशीका विपिन महतोले तीन विकेट लिए भने दिपेश कँडेल, रोहन शाह र आशिष मगरले एक–एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images