images
images
  • आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

    काठमाडौं– पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् ।

    सोमबार मधेश प्रदेशविरुद्ध ९० बलमा शतक प्रहार गरेका उनले ..बलमा दोहोरो शतक पूरा गरेका हुन् ।

    पिएम कपमा पहिलो पटक दोहोरो शतक प्रहार भएको हो ।

    यसअघि कुनै पनि नेपाली खेलाडीले दोहोरो शतकको रेकर्ड काम गरेका छैनन् ।

    आशिफ १३७ बलमा १५ चौका र १६ छक्काको मद्दतमा दुई सय रन बनाएका हुन् ।

    आजको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाइसकेका छन् ।

    सशस्त्रले ४५ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३३१ रन बनाएर खेलिरहेको छ ।

    अहिले क्रिजमा आशिफ र सन्दीप जोरा छन् । सन्दीपले ३५ बलमा ४४ रन बनाएका छन् ।

     1111 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images