images
images
  • अमेरिकासँग इरानले सारेका ३ महत्त्वपूर्ण शर्तमा हुन सकेन वार्ता

    काठमाडौं– पाकिस्तानको मध्यस्थतामा शनिबार राति इस्लामाबादमा भएको अमेरिका–इरान अप्रत्यक्ष वार्ता असफल भएको छ ।

    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार दुई–तीन प्रमुख विषयमा देखिएको गहिरो मतभेदका कारण सम्झौता हुन सकेन ।

    बीबीसी फारसी सेवाका अनुसार केही विषयमा सहमति भए पनि क्षेत्रीय सुरक्षा र होर्मुज स्ट्रेटसँग सम्बन्धित नयाँ मुद्दाले वार्ता थप जटिल बनाएको थियो ।

    बकाईले संवाद जारी रहने बताए पनि विवादित विषयहरू खुलाएनन् ।

    अमेरिकातर्फ उपराष्ट्रपति भान्सले इरानले आफ्ना कडा सर्तहरू नमान्दा सम्झौता हुन नसकेको बताएका छन् ।

    उनले इरानले आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता गर्नुपर्ने अमेरिकी अडान दोहोर्याए ।

    दुवै पक्ष वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किसकेका छन् भने कूटनीतिक संवाद भने जारी रहने संकेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images