काठमाडौं– प्रतिनिधिसभाले १० विषयगत समिति र दुई संयुक्त समिति गठन गर्दै सदस्यहरू तोकेको छ ।
सोही क्रममा प्रमुख चार दलका शीर्ष नेताहरू राज्य व्यवस्था तथा सुशासन समितिमा सदस्य बनेका छन् ।
समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही रहेका छन् ।
यी नेताहरू अघिल्लो प्रतिनिधिसभामा पनि यही समितिमा सदस्य थिए ।
२६ सदस्यीय राज्य व्यवस्था तथा सुशासन समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह केसी, कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल, पुरुषोत्तम शुप्रभात यादव, विश्वराज पोखरेल, भीष्मराज आङ्देम्बे, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं, रवीन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि।क।, श्रद्धा कुवर क्षेत्री र हरि ढकाल रहेका छन् ।






















