images
images
  • पञ्जाबले पूरा गर्‍यो २०० बढी रनको विशाल लक्ष्य

    पन्जाब किंग्सले आईपीएल २०२६ मा २०० भन्दा बढीको लक्ष्य फेरि सफलतापूर्वक पछ्याउँदै सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ।

    पहिले ब्याटिङ गरेको हैदराबादले अभिषेक शर्मा (७४) र ट्राभिस हेड (३८) को आक्रामक सुरुवातपछि २० ओभरमा २१९/६ बनायो। शशांक सिंहले एकै ओभरमा दुई विकेट लिँदै खेल फर्काए।

    २२‍० रनको लक्ष्य पछ्याएको पन्जाबका लागि प्रियांश आर्य (५७) र प्रभसिमरन सिंह (५१) ले उत्कृष्ट सुरुवात गरे। कप्तान श्रेयस अय्यरले अविजित ६९ रन बनाएपछि पन्जाबले १८.५ ओभरमै लक्ष्य पूरा गर्‍यो।

    यो जितसँगै पन्जाब २००+ लक्ष्य सफलतापूर्वक पछ्याउने आईपीएल इतिहासकै पहिलो टोली बनेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images