images
images
  • प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविलाई गाली गर्ने पक्राउ

    पाँचथर– पाँचथरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने लगायत नेताहरूमाथि अपमानजनक अभिव्यक्ति दिएको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।

    फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले चैत २६ गते पक्राउ गरेको हो।

    उनमाथि साइबर अपराधसम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    पोखरेलले फेसबुक, इन्स्टाग्राम र ‘Hades’ नामक युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरेको आरोप छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images