images
images
  • इरानी १५८ लडाकू विमान र २८ वटा माइन बिछ्याउने जहाजहरूमा अमेरिकी आक्रमण, सबै पानीमुनि डुबे

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामप्रति आफू चिन्तित नरहेको बताएका छन् ।

    ह्वाइट हाउसबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले युद्धको सन्दर्भमा अमेरिका अग्रस्थानमा रहेको दाबी गरेका हुन् ।

    उनले इरानलाई कुनै पनि हालतमा पराजित गर्ने दाबी गर्दै इरानको नौसैनिक क्षमता निकै कमजोर भइसकेको बताए ।

    ट्रम्पका अनुसार इरानसँग रहेका १५८ जहाज र २८ वटा माइन बिछ्याउने जहाजहरू डुबिसकेका छन् ।

    पानीमा केही माइनहरू बाँकी हुन सक्ने उल्लेख गर्दै उनले अमेरिकी माइन स्वीपरहरू त्यस क्षेत्रमा परिचालन गरिएको बताए ।

    यसअघि शनिबार पाकिस्तानको इस्लामाबादमा भएको अमेरिका–इरान वार्ता कुनै सहमतिमा पुग्न नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images