images
images
  • अमेरिका–इरान वार्ता असफल, पाकिस्तानले भन्यो– पुनः मिलाउने प्रयास गर्छौँ

    काठमाडौं– अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको पहिलो चरणको वार्ता बिना सहमति टुंगिएको छ ।

    शनिबारदेखि सुरु भएको वार्ता आइतबार बिहानसम्म चले पनि कुनै निष्कर्ष ननिस्केपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित स्वदेश फर्किएका छन् ।

    पाकिस्तानका विदेशमन्त्री इसाक दार ले वार्ता कठिन भए पनि अर्थपूर्ण भएको बताउँदै मध्यस्थताको प्रयास जारी राख्ने बताएका छन् ।

    अमेरिकाले इरानसँग आणविक हतियार विकास नगर्ने प्रतिबद्धता मागे पनि इरानले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।

    इरानले भने अमेरिकी सर्तहरू अत्यन्त कडा भएको कारण सहमति हुन नसकेको जनाएको छ ।

    दुई साताको युद्धविरामपछि स्थायी समाधान खोज्ने उद्देश्यले वार्ता सुरु भए पनि क्षेत्रीय तनाव र पूर्व मतभेदका कारण वार्ता निष्कर्षविहीन बनेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images