पाकिस्तान– इस्लामाबादमा सम्पन्न अमेरिका–इरान वार्ता सहमतिबिना टुंगिएको इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले जनाएको छ ।
अमेरिकाले अत्यधिक माग राखेको कारण वार्ता निष्कर्षमा पुग्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ ।
वार्ताका क्रममा स्ट्रेट अफ होर्मुज, इरानको आणविक अधिकार लगायतका विषयहरू प्रमुख विवादका रूपमा उभिएका थिए ।
यी संवेदनशील मुद्दाहरूमा दुवै पक्षबीच सहमति जुट्न नसक्दा छलफल निष्फल बनेको बताइएको छ ।
यसअघि पनि इरानले अमेरिकामाथि अस्वीकार्य र कठोर माग राख्दै आएको आरोप लगाउँदै आएको थियो, जसले वार्ता प्रक्रिया झनै जटिल बनेको देखिन्छ ।
क्षेत्रीय सुरक्षा, आणविक कार्यक्रम तथा रणनीतिक तेल मार्गको नियन्त्रणजस्ता विषयमा अमेरिका र इरानबीचको मतभेद अझै गहिरिँदै जाने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















