images
images
  • इरान–अमेरिका वार्ता भाडियो, दुवै देशका प्रतिनिधि इस्लामावादबाट आउट

    काठमाडौं– युद्धरत अमेरिका र इरान बीच इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

    वार्तामा कुनै सहमति जुट्न नसकेको जानकारी जेडी भान्सले दिएका छन् ।

    उनका अनुसार दुवै पक्षबीच सघन संवाद भए पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेन ।

    अमेरिकी पक्षले करिब एक दिन लामो निरन्तर सम्पर्कपछि आफ्नो ‘अन्तिम तथा उत्कृष्ट प्रस्ताव’ अघि सारेको दाबी भान्सले गरेका छन् ।

    छलफल सकारात्मक वातावरणमा भए पनि प्रस्तावले अन्ततः स्वीकृति नपाएको उनले बताएका छन् ।
    ्
    अहिले दुवै देशका प्रतिनिधि बाहिरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images