images
images
  • अस्पतालको बिदामा दुई खाले निर्णय : बिरामी प्रभावित, सेवावाट बञ्चित

    काठमाडौं- देशकै प्रमुख सरकारी अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइतबार ओपिडी सेवा सञ्चालन हुने छैन ।

    जसले गर्दा अस्पतालमा ओपिडी सेवा लिन आउने बिरामीहरु प्रभावित हुनेछन् ।

    प्रायः अस्पतालहरुमा ओपिडी सेवामा पनि विशेषज्ञ तोकिएको हुन्छ , तर आइतबार अस्पतालमा ओपिडी सेवा वन्द हुने भएपछि सेवावाट बञ्चित हुने भएका छन् ।

    सरकारले इन्धन खपतलाई व्यवस्थापन गर्नको लागि शनिवार र आईतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयमा स्वास्थ्य मन्त्रालयले हप्ताको ६ दिन नै सेवा दिने भएको छ ।

    तर, त्रिभुवन युनिभर्सिटी सम्वन्धन प्राप्त अस्पतालले भने हप्तामा ५ दिन मात्रै सेवा दिने बताएका छन् । यसरी सरकारको निर्णयमा एक आपसमा बाझिएका छन् ।

    जसले गर्दा ओपिडी सेवा लिन आउने हजारौ बिरामीहरु प्रभावित भएका छन् । त्यसमा पनि भाईरल ज्वरोले लगाएतका समस्याले नागरिकहरु तानव झेलीरहेका छन् ।

    शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराका अनुसार, सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि अस्पतालमा ओपिडी सेवा वन्द रहनेछ ।

    ‘सरकारले शनिबार र आईतबार दुई दिन बिदा दिने निर्णय अनुसार नै ओपिडी सेवा वन्द गरिएको हो,’ उनले भने, ‘हामी स्वास्थ्य मन्त्रालय अन्र्तगतको नभएर शिक्षा मन्त्रालय सम्वन्धनका हौ ।’

    शिक्षा मन्त्रालय अन्र्तगतको निणय नआउँदासम्म र ईन्धनको सहज व्यवस्थापन नहुँदासम्म दुई दिन नै हप्तामा दुईदिन नै ओपिडी सेवा बन्द रहने उनले बताए ।

    ‘ओपिडी सेवामा बिरामीहरुमा असर त पर्छ नै,’ उनले भने, ‘विशेष अवस्थाका कारण बाध्य भएको होँ, यस विषयमा पुनः विचार होला ।’

    अस्पतालमा दैनिक ५ सय बढीको हाराहारीमा ओपीडी सेवा लिईरहेका छन् । गत माघदेखि स्वास्थ्य बिमा सेवा समेत बन्द रहेको अस्पतालमा अव विरामीहरुले ओपीडी सेवा समेत नपाउने अवस्था हुन थालेको छ ।

    त्रिवि शिक्षण अस्पताल मात्रै होईन् मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतबार बहिरंग सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् ।

    यता, नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रह अस्वीकार गरेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।

    संघका अनुसार अस्पतालहरूमा थप जनशक्ति व्यवस्थापन नगरी साविककै कर्मचारीबाट अतिरिक्त सेवा दिन सम्भव छैन।

    चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित १० बजेदेखि ४ बजेसम्म ड्युटी गर्ने बाहेक अनकल, राउण्ड र इमर्जेन्सी सेवामा चौबीसै घण्टा खटिरहेको अवस्थामा उक्त समयको गणना नहुनु अन्यायपूर्ण भएको बताएका छन् ।

    इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपिडी समय थपेर इन्धन खर्च बढाउनु अव्यवहारिक भएको पनि संघले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रायका मातहातमा संचालनमा रहेको अस्पातलले भने हप्तामा ६ दिन नै ओपिडी सेवा दिने जनाएको छ ।

    मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर के।सी।लेसरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको भएपछि स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न ६ दिन नै अस्पताल खोल्ने बताउँछन् ।

    ‘आईतबारको दिन अन्य अस्पालले के गर्छन थाहा भएन्, ‘स्वास्थ्य अस्पतालमार्फत संचालन भएका अस्पताल भने खुल्छन् ।’ -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images