काठमाडौं- संसदीय सुनुवाइ समिति (संयुक्त) मा प्रतिनिधि सभाबाट १२ सदस्य मनोनित भएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।
ती नाम सभाले सर्वसम्मत अनुमोदन गरेको हो।
समितिमा अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बे, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन सिंह, पद्मा अर्याल, बोधनारायण श्रेष्ठ, मधु चौलागाई, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखकजंग थापा र वर्षमान पुन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















