images
images
  • उपसभामुख निर्वाचन : श्रम संस्कृति पार्टीकी रुबी ठाकुरको पक्षमा उभियो कांग्रेस

    काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पक्षमा आफूलाई उभ्याएको छ।

    शुक्रबार उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेस सांसद बासना थापालले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा रुबीकुमारीको पक्षमा उभिने बताइन् ।

    ‘प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसले श्रम संस्कृतिकी रुबीकुमारीको पक्षमा उभिने निर्णय गरेको छ’, उनले भनिन्, ‘तर कांग्रेसले रास्वपा नेतृत्वको सरकारलाई प्रतिपक्षीका रुपमा खबरदारी गर्ने भूमिकाबाट आफूलाई विचलित गराउने छैन।’

    उनले संसद्‍देखि सडकसम्मबाट प्रतिपक्षीका रुपमा कांग्रेसले रास्वपा नेतृत्वको सरकारलाई जिम्मेवारीपूर्वक खबरदारी गरिरहने बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images