images
images
  • कतारी राजाले दिए ३ जना नेपालीलाई आममाफी

    काठमाडौं- कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ ।

    कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए ।

    कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

    आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।

    लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।

    यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images