काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति असन्तुष्ट भएका छन् ।
रास्वपाले उपसभामुखमा प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर पछि अर्कै उम्मेदवारलाई समर्थन गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
शाहीले उपसभामुख पद प्राथमिकता नभए पनि ठूलो दलको प्रस्ताव र राजनीतिक ध्रुवीकरणको सम्भावनालाई ध्यानमा राख्दै उम्मेदवारी दिएको बताए ।
तर अन्त्यमा रास्वपा र पुराना दलहरू एकै ठाउँमा उभिएको उनको आरोप छ ।
उनले यस घटनाले पुराना र नयाँ दलबीच नीतिगत भिन्नता खासै नरहेको प्रस्ट भएको दाबी गर्दै रास्वपाले सहयोगको वचन दिएर धोका दिएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















