काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा घाइते हुने नेपालीको संख्या २८ पुगेको जनाएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी सार्वजनिक गरिएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार २८ मध्ये २७ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने एक जना अझै अस्पतालमा उपचाररत भए पनि खतरा बाहिर रहेका छन् ।
इरानले पश्चिम एसियाली क्षेत्रमा गरेको आक्रमणका क्रममा उनीहरू घाइते भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















