images
images
  • मृत्युदण्डको सजायबाट बचे बतार पुगेका ३ नेपाली

    काठमाडौं– कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।

    रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

    कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

    कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

    यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाउन चाहेन ।

    साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।

    आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images