images
images
  • नयाँ मन्त्री थप : उद्योगमा गौरी र श्रममा रामजी नियुक्त

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग र श्रम मन्त्री नियुक्त गरेका हुन् ।

    रास्वपा सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री र रामजी यादवलाई श्रम मन्त्रीमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    दुवै मन्त्रीले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम छ ।

    गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

    यसअघि प्रधानमन्त्री शाहले उद्योग मन्त्रालय आफैं सम्हाल्दै आएका थिए ।

    साथै, श्रम मन्त्री रहेका रास्वपा सांसद दीपककुमार साहलाई सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार पदमुक्त गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images