काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार दुई जना नयाँ मन्त्री नियुक्त गर्न लागिएको छ ।
यसअघि हिजो मात्र श्रममन्त्री दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।
नयाँ मन्त्रीका रूपमा रामजी यादव र गौरीकुमारी यादवलाई नियुक्त गर्ने तयारी भएको बताइएको छ ।
रामजी यादवलाई श्रम मन्त्रालय र गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।
रामजी यादव सप्तरी क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्






















